ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता बालिका मृत भेटिएकी छिन्। ६ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
सोनिया गत माघ २५ देखि बेपत्ता भएकी थिइन्। घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
सुगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो। बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया