प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा तीन जनालाई प्रतिबन्धित लागुऔसधसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्ने २१ वर्षिय प्रेम सागर सावा,  मेचीनगर नगरपालिका–१२ बस्ने २० वर्षिय मनिस बराल र  मोरङको मिक्लाजुङ गाउँपालिका–४ बस्ने १९ वर्षिय तिलु राई रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको साथमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको झापाका जिल्ला प्रहरीले जनाएको छ । 
 

Logo