उपत्यकाका ६६ ठाउँमा होली केन्द्रित ट्राफिक चेक प्वाइन्ट

उपत्यकाका ६६ ठाउँमा होली केन्द्रित ट्राफिक चेक प्वाइन्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको छ । 

उपयत्का सहित पहाडी जिल्लाहरुमा सोमबार होली मनाइँदै छ । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने र लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको कार्यालयले जनाएको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् । 

Logo