होलीको क्रममा भक्तपुरमा सोमबार १८ जना मानिसहरु पक्राउ पर्नुका साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घट्ना भने हुन पाएन। उनका अनुसार भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको छ। होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँं ठाउँंमा सवारी चेकिंग गरिएको थियो।































प्रतिक्रिया