राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटनामा प्रहरीले अनुसन्धान बढाएको छ ।
राति आरामले सुतेका चालक दिलबहादुर थापा सोमबार बिहान घरकाे छतबाट भुइँमा खसेर गम्भीर घाइते अवस्थामा भेटिएपछि घटना शंकास्पद रहेको भन्दै चितवन प्रहरीले अनुसन्धान अघि बढाएको हो । यसैबीच राति थापासँगै सुतेका महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । ‘आत्महत्या प्रयास हो वा अरु कुनै कारणले यस्तो भएकोबारे घटनास्थलको मुचुल्का उठाएर सोधपुछ जारी छ ।’ चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
सोमबार बिहान भरतपुर-११ स्थित लामिछानेको भाडाको घरको तेस्रो तलाबाट खसेका थापाकाे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकाे छ। घाँटीको हड्डी भाँचिएका थापा अहिले अचेत छन्। टाउकोको शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएकाे छ ।





























प्रतिक्रिया