क्वीन्टल सुन तस्करी प्रकरणः अनुसन्धान फाइल सिआइबीलाई बुझाउँदै राजस्व विभाग

क्वीन्टल सुन तस्करी प्रकरणः अनुसन्धान फाइल सिआइबीलाई बुझाउँदै राजस्व विभाग

केन्द्रबिन्दु
0
Shares

एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप अनुसन्धान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सिआइबीले उक्त प्रकरणमा सङ्गठित अपराध र अन्तरदेशीय अपराधको सन्दर्भमा अनुसन्धान गर्न लागेको हो । यसैबीच राजस्व अनुसन्धान विभागले सुन प्रकरणको थप अनुसन्धान गर्न फाइल प्रहरीलाई बुझाउने भएको छ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान गरिएको र उक्त प्रकरणमा थप अनुसन्धान सिआइबीबाट गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर फाइल बुझाउने तयारी भएकाे जानकारी दिए ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ । उनीहरूलाई पनि प्रहरीकाे जिम्मा लगाइने छ।

Skip This
Skip This
Logo