सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई पुल्चोकबाट लगियाे सीआईबीको हिरासतमा

सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई पुल्चोकबाट लगियाे सीआईबीको हिरासतमा

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पठाइएको छ । 

पुल्चोकस्थित राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका उनीहरुलाई उक्त प्रकरणको थप अनुसन्धानको जिम्मा सिआइबीले पाएसँगै महाराजगञ्जस्थित हिरासतमा पठाइएको हो । 

अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ, जसमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् ।  हाल हिरासतमा रहनेमा रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द,कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ र दावा छिरिङ रहेका छन्, जसमा पक्राउ परिसकेकी भन्सार एजेन्ट रुक्मीना सुब्बा भने जिम्मा जमानीमा रिहा भएकी छन् । 

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेको थियो । तर,  यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुगेको छैन ।

Logo