काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सर्वाधिक चर्चामा छ । अझ भन्नुपर्दा मोदीको भ्रमणभन्दा पनि उनको सुरक्षा व्यवस्थालार्ई चर्चा परिचर्चाको विषय बनाईएको छ । "/>

मोदीको नेपाल भ्रमणः सुरक्षा जोखिम र जनचासो

मोदीको नेपाल भ्रमणः सुरक्षा जोखिम र जनचासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सर्वाधिक चर्चामा छ । अझ भन्नुपर्दा मोदीको भ्रमणभन्दा पनि उनको सुरक्षा व्यवस्थालार्ई चर्चा परिचर्चाको विषय बनाईएको छ ।

मोदीको सुरक्षार्थ भारतीय वायु सेना नै संलग्न हुनु, भारतीय वायु सेनाको जहाजले भ्रमणको पूर्व सन्ध्यामा नेपाल प्रवेश गरेर रेकी गर्नु जस्ता घटनालाई लिएर सामाजिक सञ्जाल तताएको देख्न सकिन्छ ।

भारतीय वायुसेना यसरी नेपाल प्रवेश गर्नुलाई कसै कसैले हस्तक्षेप भयो भन्ने आरोप पनि लगाएका छन् । यो साधारण कुरा हो । राणाहरु कतै तीर्थाटनमा जाँदा या पाहुना हुन जाँदा समेत आफ्नै भान्छे र आफ्नै सुसारे लिएर जान्थे । यो शक्तिशालीहरु निर्धाकहाँ पाहुना हुन गए जस्तै हो । अन्यथा नसोचे हुन्छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा झन पुरै भारत अमेरिकी स्याटलाइटको निगरानीमा थियो र त्यो कुराको भारतमा जनस्तर बाट चर्को विरोध भएको थियो । भारतीय सदनमा समेत ठुलै विवाद भएको थियो ।

छिमेकमा आफ्नो दबदबा देखाउने बेला यही हो । यस्तै अवसरमा खर्च गर्ने भनेर हुनेखाने देशहरुले बजेट नै छुट्याएका हुन्छन । अर्को कुरा भारतीय प्रधानमन्त्रीको सुरक्षा जोखिम उच्चस्तरको रहेको छ । उनी भारतमै सुरक्षित छैनन् भने नेपालको सुरक्षा व्यवस्थालाई उनीहरुले विश्वास गर्न सक्ने कुरै हुँदैन ।

सुरक्षाको मामलामा भारतीयहरु अलि बढी नै डराउँछन् । भारतीय प्रधानमन्त्री एक्लै शौचालय जान समेत सक्दैनन् । उनीहरुको देशमा विभिन्न बहानामा युद्द चलिरहेको छ । कतै धर्मको नाममा त कतै पृथकतावादी आन्दोलनको नाममा । भारतको कुनै यस्तो प्रान्त छैन जहाँ युद्द नभएको होस् । ती सबै युद्दरत पक्षहरुको तारो भनेको प्रधानमन्त्री मोदी नै हुन् ।

अर्को कुरा मोदी ‘हिन्दु अतिवादी’ हुन् । जेहाद लडिरहेका मुस्लिमहरुको निशानामा पर्न सक्ने सम्भावना पनि उत्तिकै छ । उनीहरु सोच्छन्, नेपाल सुरक्षा व्यवस्था फितलो भएको मुलुक हो । यहाँ जो सुकै प्रवेश गर्न सक्छ र जो सुकैले जसलाई पनि मार्न सक्छ । त्यसैले उनीहरु आफ्नो प्रधानमन्त्रीको सुरक्षामा कुनै कसर छोड्न चाहादैनन् ।
उनीहरुलाई राम्रोसँग थाहा छ कि नेपाल एउटा खुल्ला मुलुक हो । त्यो उनीहरुको आफ्नो अनुभवले समेत पटक पटक प्रमाणित गरेको कुरा हो । खुलेआम लुम्बिनीबाट

पाकिस्तानी सेनाका पुर्व कमान्डरलाई गायब पारेका छन्, भारतीयहरुले । यो पाकिस्तानीले लगाएको आरोप हो । खुलेआम नेपालका सिमानाबाट छिरेर राजधानीसम्म आइपुगेर आफ्नो मिशन पुरा गरेका छन्, पटक–पटक । त्यसैले पनि उनीहरु नेपाली सुरक्षा ब्यबस्थासँग विश्वस्त हुन सक्दैनन् ।

असुरक्षित महसुस गरेर आफ्नो सुरक्षा ब्यवस्था मजबुत पार्नु स्वाभाविक नै मान्नुपर्छ र उनीहरु के भ्रममा छन् भने मुक्तिनाथ जस्तै भगवान शिवको गुफा र बरफको शिवलिंग रहेको तिर्थ छ उनीहरुको देशमा पनि । कश्मिरको श्रीनगरमा । त्यो श्रीनगर भनेको पृथकतावादी–सरकार र हिन्दु–मुश्लिमबिचको युद्दले आक्रान्त भएको स्थान हो ।

नेपालमा जस्तो सजिलो तरिकाले भारतीय प्रधानमन्त्रीले आफ्नै देश भित्र रहेको श्रीनगरको भ्रमण गर्न सक्दैनन् । हाम्रो मुक्तिनाथलाई उनीहरुको कश्मिरको श्रीनगर जस्तै ठान्नु उनीहरुको कमजोरी हो । अनि हाम्रो मुक्तिनाथ पूर्णतया सुरक्षित् छ भनेर छिमेकीलाई विश्वस्त तुल्याउन नसक्नु नेपाली पक्षको कमजोरी हो ।

सबै भन्दा दुखको कुरो जहाज चढेर मुक्तिनाथ जाने मोदीको सुरक्षाको लागि अन्नपुर्ण पदमार्ग पुरै बन्द गरिनु नेपाल सरकारको अचम्म लाग्दो निर्णय देखियो । मिलेसम्म त्यताका जनतालाई घर बाहिर निस्कन समेत बन्देज लगाउला यो सरकारले ।

दुई दिन अगाडी देखि नै हवाई उडानहरु स्थगित गरिनु र पैदल यात्रुलाई समेत हिड्न नदिनुले हामि आफै समेत हाम्रो सुरक्षा ब्यबस्था प्रति विश्वस्त हुन नसकेको हो कि जस्तो देखिईरहेको छ । हाम्रो सरकारले अब औपचारिक रुपमै हाम्रो देश भारत जस्तो असुरक्षित नरहेको प्रमाण भारतीयहरुलाई दिनु पर्छ ।

– दुर्गा पंगेनी

Logo