काठमाडौँ, ३, कात्तिक

ज्ञानमणि नेपाल कालोटोपी

पछिल्लो केहिवर्ष यता नेपालीले आम्दानीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेको पाईएको छ । "/>

अनुत्पादक क्षेत्रमा नेपालीको लगानी वढ्दो

अनुत्पादक क्षेत्रमा नेपालीको लगानी वढ्दो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३, कात्तिक

ज्ञानमणि नेपाल कालोटोपी

पछिल्लो केहिवर्ष यता नेपालीले आम्दानीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेको पाईएको छ । हुन त आम्दानी गरेकै खर्च गर्नका लागि हो तर खर्च पनि यस्तो क्षेत्रमा होस् जसले अनिवार्य आवश्यकताहरु त पूरा गरोस् र थप प्रतिफल पनि आउन सकोस् । तर केहि वर्ष यता त्यस्तो हुन सकेको छैन । बुझेरै पनि नेपालीहरुले अनिवार्य आवश्यकताका वस्तु बाहेक विलासिताका वस्तुमा अत्याधिक लगानी गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

प्रविधिको यो समयमा नयाँ नयाँ संचारसेटहरु दैनिक रुपमै भित्रिन्छन् । जून देख्यो त्यो नभइ हुदैन । एक वर्षमा मोवाइल मात्र ३० अर्ब रुपैयाँ भन्दा धेरैको आयात गरिने गरिएको छ । हामीले चुईंगम र चकलेटका लागि वर्षेनी १७ करोड रुपैयाँ विदेश पठाइरहेका छौं । यसका अतिरिक्त स्वास्थ्य, शिक्षा पनि मानिसका लागि अब अनिवार्य नै भइसकेको छ । तर हाम्रो बानी यी क्षेत्रमा त्यति ध्यान नदिने र अन्तिम अवस्थामा मात्र चासो राख्ने पुरानै खालको यद्यपी छँदैछ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको एक तथ्यांक अनुशार प्रत्येक नेपालीले स्वास्थ्य र शिक्षामा भन्दा पनि चुरोट, रक्सि लगायतका अनुत्पादक क्षेत्रमा धेरै लगानी गर्ने गरेका छन् । शहरमा रहने व्यक्तिले आफ्नो स्वास्थ्यमा वार्षिकरुपमा ४ हजार ४३० रुपैयाँ लगानी गर्छ भने चुरोट र रक्सिमा ५ हजार २३१ रुपैयाँ खर्च गर्ने गरेको छ । त्यस्तै गाउँमा रहने मान्छेले स्वास्थ्यमा २ हजार ५९२ र मद्यपान, ध्रुम्रपानमा २ हजार ८३४ रुपैयाँ खर्च गर्ने गरेको छ । मद्यपानमा मात्र ३ हजार ७४४ र ध्रुम्रपानमा मात्रै १ हजार ४९३ रुपैयाँ प्रतिव्यक्ति खर्चको परिमाण देखिएको छ । सरासर हेर्दा यी क्षेत्रको लगानी भनेको रोग निम्त्याउनु भन्दा अरु केहि होइन । यसमा विचार गर्नु आवश्यक छ । त्यस्तै चिया र कफि लगायत अन्य चिसो पद्धार्थहरुमा पनि लगानी उल्लेख्य रुपमा वढेको छ ।

चुरोट र रक्सि हाम्रो स्वास्थ्यको सबैभन्दा ठूलो शत्रु हो भन्ने हामीलाई थाहा छ । तर पनि हामी किन यति धेरै अबुझ झैं भएका छौं , यो ज्यादै सोचनिय विषयको रुपमा रहेको छ । यसैगरि शिक्षामा शहरको व्यक्तिले ६ हजार ६८६ रुपैयाँ र गाउँको व्यक्तिले १ हजार ९४३ रुपैयाँ खर्च गर्छ । यो प्रतिव्यक्ति खर्चको अनुपात हो । तर शिक्षामा गरिएको लगानीले भने तत्कालै प्रतिफल नदिएपनि भविष्यमा यसले राम्रो फाइदा दिन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ । हिजोआज देशले विशिष्ठ भनिएका नागरिकका लागि उपचारमा ठूलो रकम खर्च गर्न थालेको छ । एकपछि अर्को गर्दै हरेक नेताहरु उपचारको बाहानामा सरकारी खर्चमा विदेश शयर गर्ने परिपाटीको नराम्रो विकास भएको छ । ५ जना नेतालाई विदेशमा उपचार गराउन दिने करोडौंको सरकारी खर्चले नेपालमै राम्रो उपचार हुन सक्ने अस्पताल खोल्न सकिन्छ भनेर उच्च पदस्थ व्यक्तिहरुले अहिले सम्म सोचेकै छैनन् । वा सोचेर पनि सरकारी खर्चमा रजाईं गरिरहेका छन् । एकअर्थमा हेर्ने हो भने यो पनि अनुत्पादक क्षेत्रकै खर्च मान्न सकिन्छ ।

यसैगरि माछामासुको खरिद, गरगहना तथा साँस्कृतिक पर्वमा पनि नेपालीहरुको खर्च दैनिक रुपमा वढेको छ । दशैं, तिहार र छठपर्वमा गरिने खर्च देशको एकवर्षको वजेट भन्दा धेरै वढी रहने गरेको पाइन्छ । आफूसँग नहुनेले पनि ऋण गरेरै भएपनि चार्डपर्वमा खर्च गर्ने देखासिखी परम्पराले पनि हाम्रो अनुत्पादक खर्चको अनुपात वढाएको छ । यस्तै गरगहनाका लागि पनि नेपालले ठूलो धनराशि खर्चिने गरेको छ । नेपालले सुनचाँदी र हिरा लगायतका गरगहनाका लागि वर्षेनी ५० अर्ब रुपैयाँ भन्दा धेरै विदेश पठाउँदै आएको छ । जसबाट प्रतिफल शुन्य बराबर नै छ । कृषिप्रधान देश भएर पनि नेपालीहरुले आफूलाई पुग्ने पनि खाद्यान्न उत्पादन गर्न सकेका छैनन् । कृषिमा आधुनिक प्रविधि ल्याउन सक्ने हो भने यहाँ हामीलाई पुग्ने खाद्यान्न उत्पादन गरेर बाहिर पनि पठाउन सकिन्छ । अनुत्पादक क्षेत्रमा गरिएको लगानी यस्ता उत्पादनशिल क्षेत्रमा लगाउन सके फाइदा हुन्छ तर पनि सरकारले यसो गर्न सकेको छैन । खाद्यान्न मात्र हामीले वर्षेनी १ खर्ब ५२ अर्बको आयात गर्नु परिरहेको अवस्था छ ।

यसैगरि फेशनका वस्त्र र सिंगारका साधनमा पनि नेपालले ठूलो लगानी गरिरहेको छ । यो पनि अनुत्पादक क्षेत्र नै हो । यसरी हेर्ने हो भने प्रतिव्यक्ति आय ७६१ डलर रहेको नेपालले गर्ने खर्च यो भन्दा धेरै गुणा वढी रहेको देखिन्छ । २ रुपैयाँ आम्दानी गर्नेले १० रुपैयाँ खर्च गर्नतिर लागेर कसरी उपलब्धी हुन सक्छ भनेर अहिल्यै देखि सोचेनौं भने भविष्यमा यसले विकराल रुप लिने पक्का छ । यतिखेर नेपालको प्रतिव्यक्ति ऋण २३ हजार ४६५ रुपैयाँ छ । यो ऋण वर्षेनी वढ्ने गरेको छ । हरेकजसो क्षेत्रमा परनिर्भरता वढीरहेको अवस्थामा थोरै मात्र आम्दानी गरिएको रकम पनि अनुत्पादक क्षेत्रमा लगानी गरिने गर्दा देशको अवस्था के होला भनेर सोच्नु पर्छ । अनावश्यक प्रतिश्पर्धा गरेर केहि फाइदा छैन । लगानी त्यस्तो क्षेत्रमा होस् जसले ढिलोचाँडो केहि न केहि रुपमा प्रतिफल दिन सकोस् । यो सत्यतालाई बुझ्नै पर्ने बेला आएको छ ।

 

Logo