1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

सुख्खा बन्दरगाह तीन दिनदेखि ठप्प

1
1
1
1
1
1
1

वीरगन्ज,

भन्सार क्लियरिङ एजेन्टहरुको आन्दोलनका कारण वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाह तीन दिनदेखि बन्द भएको छ ।

बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीका कारण काम गर्न सक्ने अवस्था नरहेको भन्दै भन्सार क्लियरिङ एजेन्टहरुले बिहीबारदेखि आन्दोलन गरी बन्दरगाह बन्द गरेका हुन् ।

बन्दरगाह बन्द भएपछि भन्सार कार्यालयको राजस्व असुली पनि प्रभावित भएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक औसत १२ करोड रुपियाँ राजस्व संकलन गर्दै आएको र बिहीबारदेखि भन्सार क्लियरिङ एजेन्टहरु काम नै बन्द गरेर आन्दोलनमा रहेका कारण दुई दिन यता सुख्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व संकलन नगरेको कार्यालयका सूचना अधिकारी विकास साहले जानकारी दिनुभयो ।

भारत तथा तेस्रो मुलुकबाट रेलमार्ग हुँदै आयात भएका माल सामानका दुई हजार भन्दा बढी कन्टेनर सुख्खा बन्दरगाहमै थन्किएका छन् । समस्या समाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघको मध्यस्थतामा बिहीबार साँझ वार्ता भएको थियो। वार्तामा कार्यकारी अधिकृत चौधरीले अपशब्द प्रयोग गरेपछि विवाद झन चर्किएर वार्ता निष्कर्षविहीन भएको भन्सार क्लियरिङ एजेन्टले बताएका छन् ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: १९ साउन २०७६ ०९:०१ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी