उपत्यकामा निषेधाज्ञाको चौथो दिन आज पनि सडकहरु सुनसान (भिडियो)

उपत्यकामा निषेधाज्ञाको चौथो दिन आज पनि सडकहरु सुनसान (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको आज चौथो दिन पुगेको छ ।

संक्रमणको जोखिम बढ्दै गए पछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिन पनि सडक सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारी साधन सडकमा देखिएका छैनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोकेका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन । मुख्य सडकहरु सुनसान देखिए पनि उपत्यकाका भित्री गल्लीहरुमा भने पसलहरु खुला रहेका छन् । दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका हुन् । प्रशासनले विहान ७ बजेटसम्म मात्रै पसल खोल्न भने पनि त्यसको पालना हुन सकेको छैन ।

आज ऋषि पञ्चमीको दिन भएकाले विहान बागमती, विष्णुमती, मनोहरा लगायतका नदीहरुमा स्नानका लागि जानेहरुको भिड देखिए पनि प्रहरीले बाटोमै रोकेको छ । टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तर पनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपत्यकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

Logo