नेपालमा आज ३०२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ३०२ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ जना पुगेको छ । आज ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४८० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९८६ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ३५ हजार ३०१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५४५ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ११२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ५८४, भक्तपुरमा ९ हजार १६६ र ललितपुरका १५ हजार ८८४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ६३४ जना पुगेको छ ।

Logo