1
1
1
1
1
0
Shares

बलात्कारी प्रहरी जवान पक्राउ

1
1
1
1
1
1
1
1

ओखलढुंगा,

विवाह गर्ने भन्दै फकाएर १८ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव स्थानीयको दबाबपछि पक्राउ परेका हुन् ।

किशोरीमाथि जवरजस्ती गरिरहेको अभिभावकले देखेर चौकी घेराउ गरेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए । यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

यादवले जंगलमै किशोरीलाई करणी गरिरहेका बेला उनका बुवाले देखेपछि घटना बाहिर आएको हो । पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन् । उनको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर घर पठाइएको छ ।

यादवले यसअघि जगंलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरीलाई बिहे गर्ने आश्वासन दिएर करणी गरेको खुलेको छ । पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी बिहीबारबाट अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
अन्नपूर्णबाट

प्रकाशित: २४ साउन २०७६ ०६:४१ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी