काठमाडौं ।
विश्व हिन्दु युवा संघले रौतहटमा भएको पुजारीको हत्या प्रकरणको यथाशीघ्र छानबिन गरि हत्यामा संलग्नलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेको छ।
आज संघका अध्यक्ष ऋषिकेश जंग शाहले हिजो रौतहटको माधवनारायन नगरपालिकामा रहेको हनुमान मन्दीरका पुजारी श्रीराम साह तेलिको हत्याको घटनाबारे एक विज्ञप्ति जारी गर्दै शाहले यस्तो माग गरेका हुन् ।
संघका अध्यक्ष ऋषिकेश जंग शाहले हिजो गोलि हानी हत्या गरिएका पुजारीलाई धार्मिक सहिद घोषणा गर्न माग पनि गरेका छन् । उनले यस्तो घटनाको जति निन्दा गरे पनि त्यो कमै हुने समेत बताए । जुन समाजले साधु सन्तको रक्षा गर्दैन त्यो समाज पतन भएर जाने पनि अध्यक्ष शाहले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।






























प्रतिक्रिया