कोरोनाबाट थप एक जनाको मृत्यु, चितवनमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कोरोनाबाट थप एक जनाको मृत्यु, चितवनमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ। चितवनमा कोरोना संक्रमित ६५ बर्षीय बृद्धको मृत्यु भएको हो ।

भरतपुर कोभिड अस्पतालमा उपचाररत बृद्धको दिउसो ३ बजे मृत्यु भएको अस्पतालको अस्पतालले जानकारी दिएको छ । रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षीय उक्त बृद्ध क्षयरोगबाट ग्रसित रहेका थिए । उनको पारिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको थियो । बृद्धलाई गत साउन ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको क्षयराेग, सेप्सिस, एकेआई तथा कोभिड १९ संक्रमणको कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ को मृत्यु भइसकेको छ । जसमध्ये ३ जना चितवनका रहेका छन्, भने एक जना कैलालीका रहेका छन् ।

Skip This
Skip This
Logo