इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्वीमा सिटीले सानदार जित निकालेको छ । आइतबार साँझ घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले युनाईटेडमाथि ६-३ को जित दर्ता गरेको हो ।
सिटीको जितमा अर्लिङ हालाण्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे भने युनाईटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए ।
जितसँगै ८ खेलमा २० अंक जोडेर सिटी दोस्रो स्थानमा रहेको छ । युनाईटेड १२ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया