कास्की।
जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि लागू हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमणको रोकथामको लागि कास्की प्रशासनले आज राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधाज्ञा जारी हुने जनाएको हो ।
पोखरामा कोरोना संक्रमण फैलिएसँग जनस्तरबाटै लकडाउन लगाउनु पर्ने माग भएको थियो ।
यसअघि पोखरा महानगरमा सोमबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरिए पनि जिल्लाभर नै गर्नु पर्ने भन्दै लकडाउन भएको थिएन ।
लकडाउन अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।





























प्रतिक्रिया