प्रहरी सहायक निरीक्षक कार्की एक करोड ९ लाख हिनामिना गरेको अभियोगमा पक्राउ

प्रहरी सहायक निरीक्षक कार्की एक करोड ९ लाख हिनामिना गरेको अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ ।

Logo