लमजुङकाे बजेट आठ अरब पुग्याे, डुम्रे-चामे सडकलाई मात्रै सवा ६१ कराेड

लमजुङकाे बजेट आठ अरब पुग्याे, डुम्रे-चामे सडकलाई मात्रै सवा ६१ कराेड


केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने याे बढेर आठ अरब पुगेकाे छ । जसमध्ये डुम्रे–बेसीशहर–चाँमे सडक वहुर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा वहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत विचौरको कुनाघाट–बेसीशहर सडकखण्ड निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक संघीय सरकारले निर्माण गर्नेछ । जसअन्तर्गत लमजुङकाे पूर्व–पश्चिम उच्चपहाडी रणनैतिक सडकअन्तर्गत कुनाघाट-विचौर–सिङ्दी सडक अन्तर्गत कुनाघाट-बेसीशहर सडक खण्ड निर्माण भइरहेको छ । 

पूर्वबाट पश्चिमसम्म पूरै छिचोल्ने उच्चपहाडी सडक निर्माण सम्पन्न हुँदा लमजुङका अधिकांश बस्ती यस रणनैतिक सडकसँग जोडिने छ । उक्त सडक निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन भएकाे छ ।

वहुवर्षीय ठेक्का आयोजना पाँच अरब ४३ करोड बजेट डुम्रे–बेसीशहर–चामे सडक परियोजनाको कार्यालय लमजुङमा विस्तार गरी निर्माण भइरहेको छ । 

गत वर्षाको बेला उदिपुरमा पहिरोले सडक अवरुद्ध भएपछि उक्त पहिरो रोकथामका लागि छुट्टै २१ करोड रकम विनियोजना भएको आयोजना प्रमुख अच्युत विलास पन्तले जानकारी दिए । 

Logo