‘अस्पताल सिल’ भनेको के हो ? यसो भन्छन्, स्वास्थ्यविज्ञ

‘अस्पताल सिल’ भनेको के हो ? यसो भन्छन्, स्वास्थ्यविज्ञ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणका कारण विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, प्राविधिक, सरसफाईमा खटिने कर्मचारी, बिरामीहरुका साथ बिरामी कुरुवा समेत कोरोना संक्रमित हुँदै जाँदा थप संक्रमण बढ्न नदिनका लागि स्वास्थ्य संस्था नै सिल गरिन्छ । स्वास्थ्य संस्था सिल गर्ने भनेको के हो त ? यस बिषयमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजु भन्छन्, ‘अस्पताल सिल भन्नाले आकस्मिक बिरामी पनि नहेर्ने भन्ने होइन ।’

‘आकस्मिक बिरामीका साथै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका सबै बिरामीलाई नियमित स्वास्थ्य सेवा दिनुपर्छ । आकस्मिक रुपमा गर्नुपर्ने सर्जरी पनि गरिन्छ । यतिबेला बिरामीका भिजिटरको आगमनमा भने कडाई गरिन्छ । अनावश्यक भिजिटरलाई अस्पताल भित्र छिर्न दिइन्न । आकस्मिकमा पनि बिरामीलाई मात्र अस्पताल भित्र प्रवेश दिईन्छ ।

भिजिटरलाई दिईन्न, यसको मुल कारण बिरामीमा थप संक्रमण नहोस् भन्नकै लागि हो । यसो गर्दा अनावश्यक भिजिटरले बिरामीलाई नभेटुन र जोखिम कम होस् भन्ने नै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको उद्देश्य हो । अनिवार्य आकस्मिक परेका मान्छेहरु भने अस्पताल आउँनुपर्छ ।

अहिले पनि धुलिखेल अस्पतालमा कोभिड लगायत अन्य भर्ना भएका बिरामी नियमित रुपमा पहिला जस्तो चाप नभए पनि १ सय भन्दा माथि नै भर्ना भएर उपचार गराइरहेका छन् । आकस्मिक ओपीडि सेवा पनि सुचारु हुने हुनाले भर्ना भएका बिरामी र भर्ना हुने बिरामी दुबैको उपचार हुन्छ । मात्र दैनिक रुपमा संचालनमा आएको ओपिडि सेवा भने केही समयको लागि बन्द गरिएको हो’ – डा.माकजुले जानकारी गराए।नेपाल समाचारपत्रबाट

Logo