भोजपुरमा सुदन किरातीको अग्रता कायमै

भोजपुरमा सुदन किरातीको अग्रता कायमै


भोजपुरमा गठबन्धनतर्फका उम्मेदवार सुदन किरातीले १ हजार ९९५ मतको अग्रता बनाएका छन्।

नेकपा माओवादीका नेता किरातीले हालसम्म गणना भएको १८ हजार ७४९ मतमा ९ हजार ६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई रहेका छन्। नेकपा एमालेका उम्मेदवार राईले ७ हजार ७० मत पाएका छन्। त्यसैगरी सोही निर्वाचन क्षेत्रको प्रदेशसभा १ तर्फ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ३ हजार २ सय २८ मतको अग्रता बनाएका छन्।

प्रदेश मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राईले १८ हजार ६ सय ५० मत गणना गर्दा ९ हजार ८ सय ७९ मत पाएका छन्। त्यसैगरी एमालेका उम्मेदवार हरिबहादुर राईले ६ हजार ६ सय ५१ मत पाएका छन्। सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ३ सय ७९ मतदाता छन्।

Logo