कोरोनाले अख्तियारमा आतंक (भिडियो रिपोर्ट)

कोरोनाले अख्तियारमा आतंक (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आयुक्त घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आयोगको कार्यालयमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएसँगै त्यहाँ सन्त्रास छाएको छ  ।

आयुक्त घिमिरे नै अहिलेसम्म देशभर देखिएका संक्रमितमध्ये उच्च अधिकारी हुन् ।

यसअघि प्रतिनिधि सभाका सांसद प्रदीप यादव, संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डे, प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव, प्रदेश ५ की सांसद कृष्ण केसी, प्रदेश सांसदकी सांसद जीवन बहादुर शाही लगायतका व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै केही जनप्रतिनिधिहरुमा पनि कोरोना पुष्टी भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । मंगलबार मात्रै ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो  । काठमाडौं उपत्यकामा मात्रै आज १ सय ३४ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै देशभरी १ सय ८३ जना चिकित्सकहरु संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ७८, वाग्मती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ । साथै प्रदेश नम्बर ५ मा १२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

देशभर गरिएको पीसीआर परीक्षणको संख्या ४ लाख ६२ हजार ६ सय ९८ पुगेको छ । आज १ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४४, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ८५, वाग्मती प्रदेशमा ६ सय १८, गण्डकी प्रदेशमा १ हजार ४ सय ८७, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४१ जना रहेका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

प्रदेश नम्बर १ मा ५ सय ३९, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ४७, वाग्मती प्रदेशमा १ हजार ३ सय ५२, गण्डकी प्रदेशमा २ सय २४, प्रदेश नम्बर ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९६ जना रहेका छन् । योसँगै देशभरी ७ हजार २ सय १ जना संक्रमित आइसोलेसनमा उपचाररत छन । जसमा २ सय २४ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै आइसियुमा ८५ जना र भेन्टिलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन । देशभरी आइसियु बेड क्षमता ११ सय ३४ रहेको छ, भने भेन्टिलेटर सहितका बेड ५ सय ७६ वटा रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय १४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ८०, वाग्मती प्रदेशमा १ हजार १९ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ८ सय १२, कर्णाली प्रदेशमा ६ सय ८९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८९ गरी देशभर ११ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन ।

कोरोनाको जोखिम बढेसँगै सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

Logo