गोंगबु हत्याका अभियुक्त सार्वजनिक : हत्याको कारण शारीरिक सम्बन्ध र पैसा लेनदेन

गोंगबु हत्याका अभियुक्त सार्वजनिक : हत्याको कारण शारीरिक सम्बन्ध र पैसा लेनदेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाको टोलीले संयुक्त पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न रहेकी कल्पना मुडभरी पौडेल र मृतक कृष्णबहादुर बोहोराबीच शारीरिक सम्बन्ध रहेको र पछिल्लो समय उनीहरुबीच पैसा लेनदेनको विषयमा विवाद बढेको बताइएको छ ।

विवादकै बीच पौडेलले बोहोरालाई आफ्नै कोठामा बोलाई हत्या गरेको पनि खुल्न आएको छ । यस्तै, मृतकको शव लुकाउन नसके पछि पौडेलकी छोरी समेत संलग्न रहेको र टुक्रा पारेर सुटकेशमा हालेर फालेको प्रहरीले जनाएको छ ।

Logo