कोरोना नियन्त्रणका लागि विपक्षी दलको भूमिका के ? (भिडियाेसहित)

कोरोना नियन्त्रणका लागि विपक्षी दलको भूमिका के ? (भिडियाेसहित)


काठमाडौं ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाब दिन बाहेक विपक्षी दलहरुले जनस्तरमा प्रभाव पार्ने ढंगले रचनात्मक काम गर्न सकेका छैनन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना भने गरिरहेका छन् ।

केही युवाहरु सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने माग राख्दै अनशनमा समेत बसेका छन् । यद्यपी विपक्षी दलहरुले सरकारलाई दबाब दिन बाहेक क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र उद्दारका काममा आफ्ना नेता कार्यकर्ताहरुलाई परिचालन गर्न सकेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुआती दिनमा मिडियामार्फत कोरोना संक्रमणबाट जोगिनका लागि जनचेतनामुलक सन्देश जारी गरेपनि ठोस र सशक्त कदम भने चाल्न सकेका छैनन् ।

तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले आफ्नो ठाउँबाट आवश्यक पहल र सरकारलाई सहयोग गरिरहेको दाबी गर्छन ।

उनले जनतालाई सुसूचित गराउन कार्यकर्ता परिचालन गरिएको, स्वास्थ्य सामग्री वितरण गरेको, पार्टीकातर्फबाट सरकारको खातामा ५० लाख रुपैयाँ नगद जम्मा गरेको बताए । सत्तामासँगै नभएपनि संकटमासँगै रहेको सन्देश दिँदै सरकारका कमि कमजोरी औलाउँदै पार्टी अगाडि बढेको उल्लेख गर्दै शर्माले सांसदहरुको तर्फबाट समेत १५ दिनको तलब बराबरको रकम सरकारी खातामा जम्मा गरेको फेयरिस्त सुनाए । भिडियाे :

 

 

 

Logo