ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न अब लाइन बस्नु नपर्ने

ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न अब लाइन बस्नु नपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जरिवाना तिर्न मिल्ने गरि नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवाना तिर्न मिल्ने भएको हो । अब ट्राफिक नियम उल्लंघन गर्नेले जरिवाना तिर्न बैंकमा लाइन बस्नु नपर्ने भएको छ ।

ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

Logo