नेपाल स्काउटले अनलाईन प्रशिक्षण कार्यक्रम संचालन गर्ने

नेपाल स्काउटले अनलाईन प्रशिक्षण कार्यक्रम संचालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बिपतका बेला सहयोगी बन्दै आएको नेपाल स्काउटले आफ्ना प्रशिक्षकको क्षमता अभिबृद्धी गर्न अनलाईन कार्यक्रम संचालन गर्ने भएको छ ।

कोरोनाको महामारीको बेलामा स्काउटका राष्ट्रिय प्रशिक्षकको क्षमता अझ तिखार्न र उनीहरुमा स्काउट संगठनले लिएको वर्तमान कार्यक्रम र भावी योजनाबारे जानकारी गराउन  Capacity Enhancement Webinar Series  कार्यक्रम संचालन गर्न लागिएको नेपाल स्काउटले जनाएको छ ।

राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले आपत विपतका बेला नागरिकलाई सुरक्षा दिनका लागि स्काउटका प्रतिनिधी तयारी अवस्थामा राखिने र यसका लागि आवश्यक प्रशिक्षण दिनु आवश्यक रहेकाले कार्यक्रम संचालन गर्न थालिएको बताए ।

कार्यक्रम साउन २३ गतेदेखि असोज ३ गतेसम्म हप्ताको २ दिन शुक्रबार र शनिबार आयोजना हुने बताइएको छ ।

Logo