काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै छ । बुधबार साँझसम्म नेपालले जम्मा ५ दर्जन पदक जितिसकेको छ ।
पदक जित्नेमा नेपाल पहिलो स्थानमारही स्वर्ण २७, रजत १४ र कांस्य १९ सहित नेपालले ५ दर्जन पदक जितेको छा भने दोस्रो स्थानमा रहेर भारत २२ स्वर्ण, १९ रजत र १० कांस्यसहित ५१ पदक जित्दै नेपाललाई पछ्याइरहेको छ । पाकिस्तान ८ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ३४ पदक सहित तेस्रो स्थानमा छ भने श्रीलंका ६ स्वर्ण, १७ रजत र ३२ कांस्यसहित ५५ पदकले चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जित्दा माल्दिभ्स १ स्वर्ण जितेर पनि छैटौँ स्थानमा रहेको छ माल्दिभ्सले थप २ कास्य पनि जितेको छ भने भुटानले ३ कांस्य पदकमै सिमित छ ।
प्रकाशित: १८ मंसिर २०७६ १७:०३ बुधबार