आज मन्त्रिपरिषदको बैठक बस्दै

आज मन्त्रिपरिषदको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव चयन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्ति लगायतका निर्णय हुने बताइएको छ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

यस्तै अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

Logo