मोरङ । कोरोना भाइरसको जोखिम बढेको भन्दै विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको छ। "/>

कोरोना कहर: विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द 

कोरोना कहर: विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द 

केन्द्रबिन्दु
0
Shares

मोरङ । कोरोना भाइरसको जोखिम बढेको भन्दै विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको छ।

महानगरले सोमबारदेखि लागू हुने गरी नगरकार्यपालिकाको कार्यालय र वडा काार्यलयहरू समेतबाट प्रवाह हुने अति आवश्यक (स्वास्थ्य, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स) सेवा बाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो।


महानगरले साउन १२ गतेदेखि अर्को सूचना प्रवाह नभएसम्मका लागि बन्द गर्ने जनाएको छ । हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ७ जना उपचाररत छन् भने अन्य निको भएर घर फर्किएका छन्।कोरोनाको जोखिम बढेको भन्दै बीरगंज, राजविराजलगायतका ठाउँमा पनि निषाधाज्ञा जारी गरिएको छ ।

Logo