रञ्जन कोइराला: फैसलाको पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, फेरि सुनुवाइ हुने

रञ्जन कोइराला: फैसलाको पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, फेरि सुनुवाइ हुने


श्रीमतीको हत्या अभियोगमा साढे ११ वर्ष कैद मिनाहा भएर गत बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्धा पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ ।

सर्वोच्चको आइतबारको पूर्ण इजलासले मुद्धा अघि बढाउन अनुमति दिएको हो । न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलाश पुनः सुनुवाइ हुने अनुमति दिएको हो।

कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले असार १५ गतेको फैसलामार्फत सजाय मिनाहा दिएका थिए।

२०६८ सालमा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो।

तर सर्वोच्च अदालतले गत असार दोस्रो साता साढे ८ वर्ष सजायँ हुने फैसला गरेको थियो । त्यसपछि कोइराला बिहीबार रिहा भएका थिए ।

Logo