शसस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दा न्यायाधीश वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।
तीन जनामध्ये श्रेष्ठ र ढुंगाना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट न्यायाधीश मानिन्छ । रेग्मी भावी प्रधानन्यायाधीशको रोल क्रममा छन् ।
सर्वोच्च अदालतको फैसलामा महान्यायाधविक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज आइतबार सुनुवाइ हुँदै छ । सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधविक्ताको कार्यालयले साउन ८ गते नै सर्वोच्चमा पुनरावलोकन निबेदन दर्ता गरेको थियो ।
पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले असार १५ गते सजाय घटाउँदै ८ वर्ष ६ महनिा कायम गरेको थयिो । सर्वोच्चको सो फैसलाअनुसार साउन ८ गते कोइराला रिहा भएका थिए ।





























प्रतिक्रिया