महिन्द्रा एक्सयूभी ३०० आज नेपाली बजारमा लन्च हुँदै, यस्तो छ फिचर र मूल्य

महिन्द्रा एक्सयूभी ३०० आज नेपाली बजारमा लन्च हुँदै, यस्तो छ फिचर र मूल्य


नेपाली बजारमा आज महिन्द्रा एक्सयूभी ३०० लन्च हुँदैछ । नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो एक्सयूभी ३०० लन्च गर्न लागेको हो । 

डव्लू६, डव्लू८ र डव्लू८(अप्सनल) गरी कुल तीन भेरिएन्टमा उपलब्ध यस एक्सयूभीको लन्चसँगै नेपाली बजारमा बुकिङका लागि खुला पनि हुनेछ । 

१.२ लिटर टीजीडीआई थ्री सिलिन्डर पेट्रोल इन्जिन उपलब्ध रहेको यस एक्सयूभी ३०० को अधिकतम पावर १३० पीएस र टर्क २५० एनएमसम्म रहेको छ । यो एक्सयूभीले इन्जिन स्टार्ट गरेको ५ सेकेन्डमै ० देखि ६० किमि प्रतिघण्टाको गती पकड्ने कम्पनीले दाबी गरेको छ । 

फेसलिफ्टमा सिंगल टोन र ड्युअल टोन कलर अप्सनमा उपलब्ध यसमा थप तीनवटा भिन्न कलर सहितको ड्युअल टोनले आकर्षक बनाएको छ । यसमा १७।७८ सेन्टिमिटरको इन्फोटेन्मेन्ट, एन्ड्रोइड एन्ड एप्पल कार प्ले कनेक्टिभिटी, माइक्रो हाइव्रिड टेक्नोलोजी, ड्यूल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, अटो हेडल्याम्प, एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, एडप्टिभ हेडल्याम्प सहितको रियर पार्किङ क्यामेरा, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री पाउन सकिन्छ ।

यस एक्सयूभी ३०० गाडीलाई सुरक्षाको हिसावले पनि उत्कृष्ट मानिन्छ । सुरक्षाको लागि थुप्रै आधुनिक फिचर दिइएको यसले ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा समेत ५ स्टार रेटिङ पाएको छ । यसको चारवटै चक्कामा डिस्क व्रेक दिइएको छ भने फ्रन्ट पार्किङ सेन्सर, ६ वटा एयरव्याग, हिलस्टार्ट एसिस्ट सहितको इपिएस, एविएस, आइएसओफिक्स सीट र क्रनर व्रेकिङ कन्ट्रोल लगायत फिचर उपलब्ध छन् ।  

नेपाली बजारमा यो एसयूभीको मूल्य ४३ लाख देखी ६० लाख रुपैयाँसम्म कायम हुनसक्ने अनुमान गरिएको छ ।

Logo