कर्णाली प्रदेश : विपदमा परी २५ जनाको मृत्यु, २३ जना घाइते

कर्णाली प्रदेश : विपदमा परी २५ जनाको मृत्यु, २३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

जाजरकोट ।

विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई÷दुई जनाको मृत्यु भएको छ ।

हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।रासस

Logo