पार्टीलाई बलियो बनाउने नेकपा नेताहरुको प्रतिबद्धतादेखि दैनिक १५ अन्तर्राष्ट्रिय उडान गर्ने तयारीसम्म (भिडियोसहित)

पार्टीलाई बलियो बनाउने नेकपा नेताहरुको प्रतिबद्धतादेखि दैनिक १५ अन्तर्राष्ट्रिय उडान गर्ने तयारीसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सन् २०१८ यता अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । यसैक्रममा बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै अमेरिकाले हस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास कार्यालय ७२ घण्टा भित्र बन्द गर्न आदेश दिएको छ ।

यस्तै कुर्सीका लागि तछाडमछाड गरिरहेका सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले पुष्पलालको स्मृति दिवसका अवसरमा भने पार्टी एकतालाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।

उता निजी क्षेत्रको सबैभन्दा ठूलो र शक्तिशाली संगठन नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन आगामी साउन २६ र २७ गते हुँदैछ । यतिबेला उम्मेदवारहरु आआफ्नो रणनीति बनाएर चुनावी दौडमा लागेका छन् । एशोसियट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका व्यवसायी सौरभ ज्योतिले आफूहरुको टीमले महासंघमा हुँदै आएको राजनीतिको अन्त्य गर्ने बताएका छन् ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिरहेको छ ।

नेपालमा विगत एक वर्षदेखि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को चर्चा चुलिएको छ । सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यसलाई जसरी पनि पास गर्ने पक्षमा रहेका छन् भने नेकपाकै एक समूहसहित केही यसको विपक्षमा रहेका छन् । तर, तीन वर्ष अगाडि हस्ताक्षर भएको चीनको वेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)को भने अहिले कुनै चर्चा छैन । हेरौं भिडियोमा :

 

 

Logo