हिमपहिरोमा परि ५ जना अझै बेपत्ता

हिमपहिरोमा परि ५ जना अझै बेपत्ता


दार्चुलामा  गएको हिमपहिरोमा पाँच जना बेपत्ता भएका छन्। दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा मंगलबार दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका हुन् ।

दार्चुलाको व्यासमा बेपत्ता हुनेमा डोटीको जोरायल-२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुला दुहु-४ का कमला कुँवर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ ।  १२ जना यार्सा सङ्कलकमध्ये सात जना सकुशल रहेको जनाइएकाे छ ।  

जोरायल-२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा-५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु-४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो। 

Logo