देशभर बाढीपहिरो र डुबान, कुन ठाउँमा के भयो ? (भिडियो रिपोर्ट)

देशभर बाढीपहिरो र डुबान, कुन ठाउँमा के भयो ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाका कारण देशभर बाढी पहिरो र डुबानको घटनाहरु बढेका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ । नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ ।

भारी वर्षा हुने भएपछि बाढी पूर्वानुमान विभागले देशका विभिन्न स्थानमा बाढीको जोखिम रहने जनाएको छ । विभागले काठमाडौँ उपत्यका सहित ५७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको हो । नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क हुन भनेको छ।

बाढीपहिरो र डुबानबाट कहाँ के कति क्षति भयो ? प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट 

 

 

 

 

 

 

Logo