प्रधानमन्त्रीप्रति ओलीको आक्रोशः आफैं भेट्न बाेलाउने अनि कसैसँग झुक्दिँन भन्ने ?

प्रधानमन्त्रीप्रति ओलीको आक्रोशः आफैं भेट्न बाेलाउने अनि कसैसँग झुक्दिँन भन्ने ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित बनेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर सार्वजनिक भएको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति रोष प्रकट गर्दै अध्यक्ष ओलीले दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन् । उनले शरणार्थी प्रकरणमा छानविन नगर्न भन्दै कसले दबाब दियो भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई यसबारे प्रष्ट पार्न चुनौतीसमेत दिएका छन् । 

उनले भने ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवात गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन। तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिलियौं उनैको आविष्कार जस्तो गर्दैछन् ।  हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं । मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ, म झुक्दिनँ पछि हट्दिनँ भन्ने । कसले दबाब दियो तपाईंलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु ।’ 

उनले एमालेले संसदमा कुरा उठाउँदा नसुनेको र अहिले कसैलाई छाड्दिन भन्दै फुई लगाएको आरोप पनि लगाए । 

Logo