पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए । काठमाडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिरोका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।रासस

Logo