काठमाडौं ।
बाराको महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठूलो परिणाममा नक्कली नेपाली र भारतीय रुपैयाँका नोटसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा रहेका छन् ।
उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूको साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ १ लाख ८३ हजार ६ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको छ ।





























प्रतिक्रिया