अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार

अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार


काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ। बनेपा-८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका-६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको हो।

बनेपा-८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरीपछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए। 

उनका अनुसार उक्त होटलबाट अनैतिक कार्यमा संलग्न गराइएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ। जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

Logo