काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनामा कुनै कमी नगरिने बताएका छन् ।
जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने वन तथा वातावरणमन्त्री शक्ति बस्नेत लगायत जनप्रतिनिधिसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। जाजरकोटमा बाढीपहिरोबाट पीडितको उचित व्यवस्थापनको माग गर्दै उनहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए। उनले बाढीपीडितका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराए ।
मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । त्रिचालीस जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तीव्रता दिँदै आएको छ ।रासस































प्रतिक्रिया