काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा अोलीको पक्षमा शुक्रबार पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।


ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो । सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भने पनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको प्रवाह नगरी प्रदर्शन गरिएको हो । पार्टीको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् ।

यो पनि































प्रतिक्रिया