संसदको अवरोध हटाउन एमाले संसदीय दलको बैठक सहमत

संसदको अवरोध हटाउन एमाले संसदीय दलको बैठक सहमत


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ । सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको हो । 

त्यसअघि सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको थियो । 

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

Logo