काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै सरकारले थप सतर्कता अपनाउन र अनिवार्यरूपमा मास्क लगाउन आग्रह गरेको छ। तर, सरकारी निर्देशनको वेवास्ता गर्नेहरू पक्राउ पर्न थालेका छन्।
भक्तपुरमा बुधवार मास्क नलगाई घर बाहिर हिड्डुल गर्ने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मास्क नलगाई हिड्ने ४८ जनालाई प्रहरीले जिल्लाको बिभिन्न ठाउँबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको थियो । उनीहरुलाई जनही एक सय रुपैयाँ जरिवाना गराई छोडिएको छ ।
गृह मन्त्रालयले असार २२ गते सूचना जारी गर्दै अनिवार्यरूपमा मास्क लगाउन भनेको थियो ।





























प्रतिक्रिया