१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

"एउटै सरकार दुई वर्षसम्म चल्नु पनि उपलब्धि"- प्रधानमन्त्री

1
1
1
1
1
1
1
1
1

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने  बताएका छन्। प्रतिनिधिसभा बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार बन्ने र ढल्ने क्रममा एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने अवस्था रहेको बताए। ‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने।

ओलीले सुरुवातमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कटाक्ष गरेका छन ।गत बर्ष सरकारको उपलब्धिबारे संसदमार्फत जानकारी गराउन खोज्दा पालोको बिषय लिएर कांग्रेसले गरेको अवरोधलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गत बर्ष मैले यसै गरी कामको प्रतिबेदन जानकारी गराउने प्रयास गरेको थिए । त्यतिबेलाको कारण र प्रयासबारे जान चाहन्न । लोकतान्त्रिक अभ्यास हुन सके कि सकेन । जननिर्वाचित प्रधानमन्त्रीले कुरा राख्न पाइन तर आज मलाई खुशी लागेको छ, सदनमै बोल्ने बातावरण बनेको छ ।’

लोकतन्त्र संकटमा परेको भन्ने हल्लकाप्रति पनि ओलीले कांग्रेसलाई कटाक्ष गरेका छन । ‘आम निर्वाचनताका एउटा चलेको थियो कि कम्युनिष्टको सरकार चले हास्न त के रुन पनि पाइन्न भन्ने  । यसलाई खुब दोराएको पाइयो तर वास्तविकता त्यस्तो थिएन ।’ ओलीले भने ।

आफ्नो कार्यकालको सुरुवाती एक बर्षलाई आधार बर्ष भनेको बताउँदै ओलीले २ बर्षको कार्यकाल गुजारिरहँदा विकासको आरम्भ शुरु भइसकेको उल्लेख गरे । पहिलो बर्षलाई कानून निर्माण र संघीयता कार्यान्वयनका आवश्यक संरचना निर्माणमै गुज्रिए पनि अझै कानून निर्माणका काम जारी रहेको उनले उल्लेख गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गत २५ कानून निर्माण भएकोमा यो बर्ष प्रमाणिकरण हुन बाँकि समेत गरी ५५ कानून तयार भएको जानकारी दिए ।

 

प्रकाशित: ३ फागुन २०७६ १२:०३ शनिबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी