आज काठमाडौँका यी ठाउँहरूमा दिनभर बत्ती काटिने 

आज काठमाडौँका यी ठाउँहरूमा दिनभर बत्ती काटिने 

केन्द्रबिन्दु
0
Shares

आज सोमबार काठमाडौँका विभिन्न स्थानमा ७ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु – थानकाेट तथा टेकु – तहाचल फिडरकाे टेकु सबस्टेशन  देखी विष्णुमती खाेला सम्मकाे  एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिन लागेको हो ।

यस अन्तर्गत पर्ने कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका   क्षेत्रहरुमा  विहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने जनाएको छ ।

Skip This
Skip This
Logo