२० मंसिर २०७८ सोमबार

प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीबन्दीहरुको कैद मिनाहा (भिडियोसहित)

काठमाडौं ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागू हुने गरी उनीलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ ।

यसैबीच प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार समृद्धीको यात्रामा लागेको बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

प्रकाशित: ७ फागुन २०७६ १९:५२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी