‘हुलहुज्जत तरिकाले मलाई हटाउन खोजे चुप लागेर बस्दिनँ।’- प्रधानमन्त्री

‘हुलहुज्जत तरिकाले मलाई हटाउन खोजे चुप लागेर बस्दिनँ।’- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हुलहुज्जत गरेर निकाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर ओलीले यस्तो जानकारी गराएका हुन्। पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन मन्त्रीहरूलाई आग्रह गर्दै उनले पार्टी बैठकमा एजेन्डाभन्दा बाहिर गएर आफ्नो राजीनामा मागिएको बताएका छन् ।

प्रधानमन्त्रीले अब केही दिनपछि पुन मन्त्रीहरूलाई बोलाउने जानकारी समेत दिएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओलीले  एकता गम्भीर मोडमा पुगेको बताएका छन्  ।

प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिमाथि ठूलो षडयन्त्र भइरहेको भन्दै आफु जवाफ दिन तयार रहेको पनि बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसंग साँझ शीतल निवासमा भेटघाट गरेपछि प्रधानमन्त्री निवास वालुवाटारमा फर्केका  उनले दुई तिहाई बहुमतको सरकारलाई आफ्नै पार्टीबाट समस्यामा पार्ने काम भएको बताएका छन्  ।

राष्ट्रपतिमाथि अविश्वासको प्रस्ताव सम्म ल्याउने तयारी भएको आफूले जानकारी पाएको बताउदै यस्तो बेलामा मन्त्री र राज्यमन्त्रीहरुले पनि को कता भने प्रष्ट पार्नु पर्ने बताएका छन्।

 

Logo