पर्यटन क्षेत्रमा कोरोना असर कति ?

पर्यटन क्षेत्रमा कोरोना असर कति ?


काठमाडौं ।

सरकारले पर्यटन क्षेत्रमा लकडाउनका कारण ३४ अर्ब बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको छ । पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले लकडाउनका कारण ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सरकारले पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न सो कमिटी गठन गरेको थियो । उक्त कमिटीले कोरोना महामारीको संक्रमण न्यूनिकरण गर्न सरकारले गरेको लकडाउनका कारण पर्यटन क्षेत्रमा हरेक महिना १० अर्ब रुपैयाँ बराबर क्षति भएको अनुमान गरेको छ । मन्त्रालयकाअनुसार साउन ७ गतेसम्म लकडाउनको अवधि लम्बिँदा थप ७ अर्ब सहित कूल ४१ अर्ब बराबर क्षति हुने अनुमान गर्दै अर्थमन्त्रालयमा प्रतिवेदन पठाएको बुझाएको छ ।

सरकारले बजेटमार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुर्नकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरेको छ । त्यस्तै, हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, इजाजत र नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सिफारिस गरेको छ ।

त्यस्तैगरी, मन्त्रालयका अनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर ४ महिना पु¥याएको छ । बजेटबाट पुनरुत्थान कार्यक्रम र दिगो पर्यटन विकास अवधारणाका लागि २० करोड रुपैयाँको बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

Logo