४ जेठ २०७९ बुधबार
1
1
1
1

विश्वका ४९ देशमा सञ्चालित एमसीसी परियोजना ४७ देशमा सम्पन्न (भिडियोसहित)

1
1
1
1
1
1

काठमाडौं ।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संचालनमा रहेका ४९ मध्ये ४७ देशमा परियोजना सम्पन्न भएका छन् । एमसीसीको स्थापना भएपछि सन् २००५ देखि अफ्रिकाका २६ वटा मुलुकसहित एसिया, यूरोप र ल्याटिन अमेरिकाका राष्ट्रहरुमा एमसीसी परियोजना कार्यान्वयनमा आएको हो ।

नागरिक स्वतन्त्रताको अवस्था, पारदर्शिता, महिला तथा बालबालिकाका निम्ति लगानी, शिक्षामा लगानी, कानूनी राज्यको प्रत्याभूति लगायतका विभिन्न २० वटा सूचकहरुका आधारमा एमसीसी अनुदान दिने गरिन्छ ।

सबैभन्दा पहिले सम्झौता गरिएको अफ्रिकी राष्ट्र मदागस्करसहित अफ्रिकी राष्ट्र मालीमा एमसीसी रद्द भएका छन् । एमसीसीले अहिलेसम्ममा सबैभन्दा ठूलो अनुदान तान्जानियालाई दिएको छ । यसपछि ठूलो अनुदान पाउनेमा मोरक्को र इन्डोनेसिया छन् । इन्डोनेसिया, मंगोलिया, मोरक्को, सेनेगल लगायत राष्ट्रहरुले एक पटकभन्दा बढि एमसीसी कम्प्याक्ट पाएका छन् ।

प्रकाशित: १६ फागुन २०७६ १९:४९ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी